प्रधानमन्त्री प्रचण्डलाई भेट्न केपी ओली बालुवाटारमा

काठमाडाैं, मंगलबार, माघ १०, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।

अहिले प्रचण्ड र ओलीबीच भेटवार्ता चलिरहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । 

प्रचण्ड र ओलीले राष्ट्रपति निर्वाचन, प्रदेश सरकार बिस्तार र अन्य राजनीतिक नियुक्तिका विषयमा छलफल गरिरहेको बताइएको छ ।

उनीहरुबीच सुदुरपश्चिम सरकारलाई विश्वासको मत दिलाउने विषयमा पनि छलफल हुने बताइएको छ । 

सुदुरपश्चिमका मुख्यमन्त्रीले माघ ११ गते विश्वासको मत लिने तयारी गरेका छन् । तर, उनले विश्वासको मत पाउन कठिन भएपछि केन्द्रको सहयोग मागेका छन् । 

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  ११:२४
प्रतिक्रिया दिनुहोस्