यूएईमा कामदारमाथि हातपात गर्ने मालिकलाई १ वर्षसम्म कैद र १ लाख दिराम जरिवाना

सोमबार, माघ ९, २०७९

काठमाडौँ – यूएई सरकारले स्वदेश तथा विदशी कामदारमाथि हातपात गर्ने रोजगारदाता कम्पनीलाई कारवाहीसँगै आर्थिक जरिमाना तिराउने प्रावधान ल्याएको छ । 

 

रोजगारीमा कार्यरत कर्मचारी र श्रमिकमाथि हातपात गर्ने रोजगारदातालाई १ वर्षसम्म कैद र १ लाख दिराम (३२ लाख  नेपाली रुपैयाँँ) सम्म जरिवाना हुने व्यवस्था गरिएको न्युज एजेन्सी युएई पोष्टले जनाएको छ । 

 

योजनावद्ध ढंगले कामदारमाथि व्यक्तिगत वा सामूहिक दुर्व्यवहार गरेको अवस्थामा १ वर्षसम्म कैद र १ लाख दिराम जरिवानासँगै घटनाको प्रकृत्ति हेरी दुवै सजाय हुने व्यवस्था गरिएको जनाइएको छ । 

 

यूएईले २०२१ को फेडेरल डिक्री ल नम्बर ३१ को धारा २९७ मा श्रमिकमाथि काम गर्न अनावश्यकरुपमा बाध्य पार्ने नियतले बल, हिंसा वा धम्कीको प्रयोग गरेमा ६ महिनाभन्दा कम अवधिका लागि थुनामा राख्ने सजाय हुने व्यवस्था गरेको छ । तर, यूएई सरकारले रोजगारदाता कम्पनी कामदारमाथि मालिक हातपात गर्ने प्रवृत्ति बढेसँग नयाँ कानुन ल्याएको हो ।

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  ११:३१
प्रतिक्रिया दिनुहोस्