टुँडिखेलमा ‘ल्होछार’को स्वागत [तस्बिर कथा]

आइतबार, माघ ८, २०७९

आइतबार तामाङ समुदायले सोनाम ल्होछार अर्थात् नयाँ वर्ष विभिन्न कार्यक्रम गरी मनाएका छन् ।

 

 


मञ्जुश्री पात्रो सुरु भएको २८५९औँ वर्ष पूरा भएको छ । ल्होछारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृति पूजक रहेको जानकारहरू बताउँछन् ।

 

 

ल्होछारका अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले काठमाडौँको टुँडिखेलमा आइतबार विशेष कार्यक्रम आयोजना गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यक्रमको उद्घाटन गरेका हुन् ।

 

विगत झन्डै ३ दशकदेखि काठमाडौंको टुँडिखेलमा ल्होछार पर्व मनाइँदै आएको छ । कोरोना महामारीका कारण विगत २ वर्ष तामाङ समुदायले आ–आफ्नै घरमा ल्होछार मनाएका थिए । यस वर्ष ल्होछारको मुख्य दिन माघ ८ गते सोनाम ल्होछारको अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

 

 

 

 


ल्होछार अर्थात् ‘ल्हो’ भन्नाले साल अथवा संवत् अनि ‘छार’ भन्नाले नयाँ वर्ष भन्ने बुझाउँछ । अर्थात्, पुरानो वर्षलाई बिदा गरी नयाँ प्रवेश गर्ने दिन हो । तामाङ समुदायले यो दिन हर्सोल्लासका साथ मनाउँछन् ।  

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  १५:४८
प्रतिक्रिया दिनुहोस्