यसरी हुँदैछ सैन्य दिवसको तयारी [तस्बिर कथा]

शनिबार, माघ ७, २०७९

महाशिवरात्रीको दिन नेपाली सेना दिवस पनि हो । सैन्य अर्थात् सेना दिवसका दिन टुँडिखेलमा रहेको सैनिक मञ्चमा सेनाले विशेष कार्यक्रम गर्दै आएको छ । 

 

 


दिवसका दिन सैनिक मञ्चमा परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायतका साहसिक र रोचक कार्यक्रम प्रस्तुत गरिनेछ । शिवरात्रि तथा सेना दिवसको विशेष समारोह सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा हुनेछ ।

 

 


सैनिक मुख्यालय जङ्गीअड्डा मातहत देशका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा समेत सेना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना हुँदै आएको छ ।

 

 


नेपाली सेनाले २ दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुँदै आएको छ । यस वर्ष फागुन ६ गते नेपाली सेनाले दिवस बनाउँदैछ ।

 

 


वर्तमान सेनाको साङ्गठनिक स्वरूपको सुरुआत १८१९ सालदेखि भएको हो । सैनिक र हातहतियार उत्पादन र प्रयोगको दृष्टिले विश्वका अत्यन्त शक्तिशाली देशका सैनिकका लागि समेत अहिले नेपाल पेसागत क्षमता र दक्षता अभिवृद्धि गर्ने पाठशालाको केन्द्र बन्दै गएको छ ।

 


विश्वका कुनै पनि महादेशका द्वन्द्वग्रस्त क्षेत्रका पीडित जनताबीच शान्ति सेनाका रुपमा पहिलो रोजाइमा नेपाली सेना पर्ने गरेको छ ।
पछिल्ला समयमा नेपाली सेनाले मुलुकभित्र विपद् व्यवस्थापनसँगै जटिल पूर्वाधार निर्माणमा समेत अब्बल ठहरिएको छ ।

 

 

 

 

 

 

 

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  १३:१८
प्रतिक्रिया दिनुहोस्