साताका ७ तस्बिरः  विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनादेखि सुकुम्बासी बस्ती हटाउनेसम्म

शनिबार, माघ ७, २०७९

आइतबारः मगर समुदायले मनाउने माघी अर्थात् माघेसंक्रान्तिकाे अवसरमा  टुडिखेलमा मगर समुदायको परिकार बनाउदै एक ब्यापारी ।

 

आइतबारः बिशेष गरि थारु समुदायमा मनाउने माघी अर्थात खिचरी पर्वको अवसरमा काठमाडौँको टुडिखेलमा आफ्नो संस्कृति जगेर्नाको निम्ति थारु संस्कृति पहिरनमा सजिएकी एक बालिका ।

 

सोमबारः विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा समबेदना प्रकट गर्दै सरकारले दिएको सार्वजनिक बिदा थाह नपाएपछि काठमाडौँ जिल्ला अदालत बाहिर  उभिएकी सर्वसाधारण ।

 


मंगलबारः विमान दुर्घटनामा परेकाको शव काठमाडौँ ल्याउने क्रममा महाराजगंजस्थित प्रहरी प्रतिष्ठानमा अवतरण गर्न नसकेपछि फिर्ता भएकाे  हेलिकप्टर ।

 


बुधबारः पोखरा विमान दुर्घटनामा ज्यान गुमाउनेहरु प्रति काठमाडौँको माइतीघरमा दिप प्रज्जवलन गरिदै । 

 


बिहिबारः टुडिखेलमा सोनाम लोसारको यथार्तता झल्किने चित्र प्रदर्शन गरिएको सांगीतिक कार्यक्रमको स्टेज ।

 

शुक्रवारः थापाथलीस्थित बागमती खोलाको किनारमा रहेको अव्यवस्थित सुकुम्बासी बस्ती हटाउन हस्ताक्षर अभियानको हस्ताक्षर महानगरलाई बुझाउन जाँदै ।

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  ०९:३७
प्रतिक्रिया दिनुहोस्