महानगरपालिकाको सडक विस्तार विरुद्ध स्थानीय (फोटोफिचर)

शुक्रबार, माघ ६, २०७९

काठमाडौँ – काठमाडौं महानगरपालिकामा जथाभावी सडक विस्तार नगर्न स्थानीयले आग्रह गरेका छन् ।


काठमाडौं सभागृहमा नेवाः देय् दबू किपू नगर समितिले विरोध प्रदर्शन गर्दै महानगरपालिकालाई जथाभावी सडक विस्तार बन्द गर्न आग्रह गरेको छ ।


उनीहरूले विभिन्न नारा लेखिएकोे ब्यानर प्रदर्शन गर्दै गैरकानूनी सडक विस्तार बन्द गर, सडक विस्तारको नाममा नागरिकको निजी सम्पति कब्जा गर्न पाइदैन लगायतका नारा लगाएका थिए ।


उपत्यकाका व्यवस्थापन तथा सहयोग संघर्ष समितिको आयोजनामा विश्व सम्पदा सूचीमा सूचीकृत बाग्मती  सभ्यता संरक्षण गर्न अनधिकृत बस्ती हटाउन हस्ताक्षर अभियान पनि सङ्कलन हस्ताक्षर गरिएको छ ।

१२५ मिटर कपडामा हस्ताक्षर सङ्कलन भएको छ । कपडामा करिब ६० हजार जनाको हस्ताक्षर सङ्कलन भएको छ ।

 

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  १६:४८
प्रतिक्रिया दिनुहोस्