विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा माइतीघरमा दीप प्रज्वलन (फोटोफिचर)

सोमबार, माघ २, २०७९

काठमाडौँ– पोखरामा विमान दुर्घटनामा परी निधन हुनेहरुको चीर शान्तिको कामना गर्दै माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ ।

सोमवार काठमाडौंको नागरिक उड्डयन प्राधिकरण अगाडि विमान दुर्घटनामा परी निधन हुनेहरुको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको हो । क्याबिन क्रु एशोसिएशन अफ नेपाल एयरलाइन्सले मृतकको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेको हो । 

आईतवार बिहान १०ः३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिव ११ बजेको आसपासमा पोेखरा विमानस्थलबाट २ किलोमिटरको नजिककमा सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो ।

७२ जना सवार विमानमा अहिलेसम्म ६९ मृत शरीर जम्मा गरिएको छ भने ३ जनाको खोजि कार्य जारी रहेको छ । मृतकको पोस्टमार्टमका लागि गण्डकी अस्पतालमा राखिएको र ४१ जनाको अहिलेसम्म पहिचान खुलेको छ ।  

 

 

 

 

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  १८:३७
प्रतिक्रिया दिनुहोस्