माघे संक्रान्तिमा मगर समुदायको नयाँ वर्ष, टुँडिखेलमा रौनक (फोटोफिचर)

आइतबार, माघ १, २०७९

काठमाडौँ– मगर समुदायले माघे संक्रान्ति पर्वमा नयाँ वर्ष मनाएका छन् । 

 

काठमाडौंको टुँडिखेलमा सुरु भएको माघे संक्रान्ति पर्वमा मगर समुदायले आज नयाँ वर्ष मनाएका हुन् । गत शुक्रवारदेखि उनीहरुले आफ्नाआफ्ना सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेका छन् । 

 

 

मगर समुदायले माघे संक्रान्तिलाई नयाँ वर्षको रूपमा मनाउने परम्परा रहेको छ । माघे संक्रान्ति पर्वको अवसरमा उनीहरूले मिठामिठा परिकार बनाएर खाने, नाचगान र आफ्नो संस्कृति झल्किने पहिरनसहित रमाइलो गर्छन् । मौलिक संस्कृतिको रूपमा मगरले माघे संक्रान्ति भूम्यापूजा, वैशाख पूर्णिमा, साउने संक्रान्ति आदि चाडपर्व सबैले मनाउने गर्दछन् । 

 

त्यस्तै, मौलिक कला–संस्कृतिका हिसाबले मगरमा हुर्रा, सोरठी, कौडा, मारुनी, पैँस्यारु, टप्पा, घाँटु, यानीमाया आदि नाचगान प्रचलित छन् । यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी सबैले बिहानको पहिलो प्रहरमा मूल र धारालाई जमरा र पातीले सजाउने गर्दछन् ।

 


टुँडिखेलमा औपचारिक कार्यक्रम नभएपनि काठमाडौँमा मगर समुदायका युवायुवतीले आफ्नो परम्परागत पोशाक लगाएर नयाँ वर्ष मनाएका हुन् ।

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १९:१९
प्रतिक्रिया दिनुहोस्