माघे संक्रान्तिको चहलपहल (फोटोफिचर)

शनिबार, पुस ३०, २०७९

मकर अर्थात् माघे संक्रान्ति पर्व आइतबार सबै वर्ग र समुदायले मनाउँदै छन् । यस दिन तरुल, पिँडालु, सक्खर र चाकु खाने र खुवाउने चलन छ ।

 


यस संक्रान्तिमा खाइने घिउ, तरुल र चाकुले जाडोयाममा शरीरलाई न्यानो र ऊर्जा दिने भएकोले व्यवसायीहरूलाई अहिले भ्याइनभ्याइ भएको छ ।

 


काठमाडौंका व्यापारीहरू कोही चाकु बनाउन व्यस्त छन् भने कोही तरुल, पिँडालु, सक्खर र घिउ बेन्त व्यस्त छन् । संक्रान्तिमा प्रयोग हुने, घिउु, चाकु, तरुल, चाकुसहित तिलको लड्डुको व्यापार अहिले बढेको छ ।  बजार किनमेल गर्नेको भिडभाड पनि देखिएको छ ।


नेवार समुदायमा चाकुको सांस्कृतिक तथा धार्मिक महत्तत्व रहिआए पनि काठमाडौंँभन्दा बाहिरका जिल्लाहरूमा पनि चाकुको माग बढ्दो छ । चाकुले जाडो मौसममा शरीरलाई ताप र शक्ति दिनुका साथै सांस्कृतिक तथा धार्मिक रूपमा महत्वपूर्ण रहने भएकाले यसको महत्व अझ बढेर गएको छ ।

 


महगीसँगै व्यापार घटेको र सामान किन्नेहरू पनि कर्म आउने गरेको व्यापारीहरूको गुनासो छ ।
साथैमा काठमाडौँ महानगरपालिकाले व्यापार गर्न सिमित समय तोकिदिँदा व्यापारमा घाटा लागेको पनि गुनासो व्यापारीहरूको छ ।

 

 

 

प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  १४:४५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार