साताका ७ तस्बिर: राष्ट्रपतिलाई मायाको चिनोदेखि शिवरात्रीको तयारीसम्म

शनिबार, पुस ३०, २०७९

आइतबार शितलनिवासमा गरिएको बित्तीय संस्थाहरुको सम्मेलनमा सम्मानिय राष्ट्रपतिलाई मायाको चिनो दिदै ।

 

सोमबार माइतीघर क्षेत्रको महानगरले मापदण्ड बिपरित राखिएका होडिङबोर्ड हटाउनेक्रममा न्युरो अस्पतालको बोर्ड हटाएर ब्याबस्थापन गर्न हिडेका नगरप्रहरी ।

 

मंगलबार साँझ सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा रंग भर्दै लक्ष्मण खड्का ।

 

बुधबार सिंहदरबार अगाडी पृथ्वीनारायण शाहको जन्मजयन्तीमा मालार्पण गर्नुअघि सलामी दिनेक्रममा राष्ट्रपति पिर्कामा चढ्दै ।

 
 
 

बिहिबार असनमा माघेसंक्रान्तीको लागि घ्यू चाकु बेच्दै पसले ।

 
 
 

शुक्रबार बिहानै भेडासिङमा माघेसंक्रान्तीको लागि तरुलको ब्यापारमा भिडभाड ।

 
 
 
 

शनिबारको दिनमा आउदो शिवरात्रीको लागि टुडिखेलमा सैनिकले गर्दैगरेको तयारी ।

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  ०९:०७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार