माघे संक्रान्तिको रौनक : असनमा घिउ-चाकुको व्यापार (फोटोफिचर)

शुक्रबार, पुस २९, २०७९

काठमाडौँ– माघ १ गते अर्थात् माघी पर्व । माघे संक्रान्ति तथा मकर सङ्क्रान्तिका लागि यतिबेला किनमेल सुरु भएको छ ।

 

नेपाली संस्कृतिअनुसार यस दिन तरुल, सख्खरखण्ड, घिउ, चाकु खाने प्रचलन छ ।

 

 

घिउ चाकुको व्यापार विशेष गरी राजधानीको मुटु असन बजारमा हुने गर्छ । मकर संक्रान्तिका दिन नेपालभर विभिन्न पवित्र नदी तथा त्रिवेणीमा स्नान गरेर मन्दिरमा पूजा गरी घिउ, चाकु, तिलको लड्डु, तरुल आदि खाने चलन छ । 

 

 

यतिबेला बजारमा भिडभाड छ । विशेष गरी अहिले असन बजारमा किनमेलका लागि सर्वसाधारणकाे भिड देख्न सकिन्छ ।

 

काठमाडौँको मुटु र व्यापारिक क्षेत्र मानिने असन बजारमा यतिबेला माघे संक्रान्तिका लागि घिउ, चाकु, तिलको लड्डु, तरुललगायत वस्तुको किनबेच भइरहेको छ ।

 

अहिले असनको हरेक घिउ, चाकु बेच्ने पसलहरूमा मानिसको चाप देख्न पाइन्छ ।

 

 

महानगरले अव्यवस्थित पार्किङ र फुटपाथ हटाएपछि खाली-खाली देखिने बजार यतिबेला माघीको किनमेलका लागि व्यस्त देखिन्छ ।

 

पसलहरू सँगै हाते पसल अर्थात् हिँड्डुल गरेर खर्पनमा समेत बेच्न व्यस्त छन् व्यापार । खर्पनको व्यापार भने अलिक सहज देखिन्छ ।

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  ०६:१३
प्रतिक्रिया दिनुहोस्