पृथ्वीनारायणको शालिकमा राष्ट्रपतिले गरिन् माल्यार्पण (फोटोफिचर)

बुधबार, पुस २७, २०७९

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छिन् ।

 

 

राष्ट्रपति भण्डारीले बुधबार मध्याह्न सिंहदरबारको पश्चिम गेट अगाडि रहेको शाहको शालिकमा माल्यार्पण गरेकी हुन् । पृथ्वी जयन्तीको अवसरमा सरकारले बुधबार सार्वजनिक बिदासमेत दिएको छ ।

 


२७ पुसमा पृथ्वी नारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पृथ्वी जयन्तीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ ।

राष्ट्रपति भण्डारी माल्यार्पण कार्यक्रममा जाँदा सिंहदरबार आसपासको सुरक्षा व्यवस्था कडा पारिएको थियो । कार्यक्रममा उल्लेख्य संख्यामा सर्वसाधारण सहभागी थिए ।

 

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १३:१२
प्रतिक्रिया दिनुहोस्