सिंहदरवार अगाडि पृथ्वी नारायण शाहको शालिकमा रंगरोगन [फोटोफिचर]

मंगलबार, पुस २६, २०७९

काठमाडौँ –  राजावादी लक्ष्मण खड्काले सिंहदरबार अगाडि रहेको पृथ्वी नारायण शाहको शालिकमा रंग रोगन गरेका छन् । पृथ्वी जयन्तीको अघिल्लो दिन उनले पृथ्वी नारायण शाहको शालिकमा रंग रोगन गरेका हुन् ।

 

 

खड्काले हरेक वर्ष पृथ्वी जयन्तीको अघिल्लो दिन शालिकमा रंग रोगन गर्दै आएका छन् । पूर्व राजाहरुको श्राद्ध गर्ने र राजाका भजन कोरिएका लुगा लगाउने उनी राजावादी भएकै कारण पक्राउसमेत परेका थिए ।

 

 

भोलि पुस २७ गते सरकारले पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय बिदा दिएको छ । सरकारले हटाएको बिदा राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई समर्थन गरे वापत सरकारले बिदा दिने निर्णय गरेको हो । 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  २१:०४
प्रतिक्रिया दिनुहोस्