सभामुखको चुनाव माघ ५ गते

मंगलबार, पुस २६, २०७९

काठमाडौँ — प्रतिनिधिसभा सभामुखको निर्वाचन माघ ५ गते हुने भएको छ ।

 

प्रतिनिधिसभाको आजको बैठकमा जेष्ठ सदस्य पशुपति शम्शेर राणाले माघ ३ गते निर्वाचन सम्बन्धी सूचना निकाल्न संसद सचिवालयका सचिव डा. भरतराज गौतमलाई निर्देशन दिएको बताए । 

 

अर्को प्रतिनिधिसभा बैठक माघ ५ गते विहिबार बस्ने  छ। 

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १७:३१
प्रतिक्रिया दिनुहोस्