नेभिगेशन
पूर्वाधार

मलेसियामा अलपत्र १९ नेपालीको उद्धारका लागि सरकारले थल्याे पहल

काठमाडौँ– मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धारका लागि सरकारले पहल गर्ने भएको छ । वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरू विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि सरकारले उनीहरूको उद्धार गर्न पहल थालेको हो । 


उनीहरूको अवस्था बुझ्न र उद्धार गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मलेसियास्थित नेपालीलाई दूतावासलाई निर्देशन दिएको छ ।


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलेसियामा बन्धक नेपालीका विषय गम्भीर भएकाले तत्काल उद्धारका लागि आवश्यक पहल गर्न मुख्यसचिवमार्फत् निर्देशन दिएका हुन्


वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका १९ जना युवा अलपत्र परेका छन् । खोजी म्यानपावर प्रालिले उनीहरूलाई २ महिनाअघि मलेसियाको चिकेन डोप्स कम्पनीमा रोजगारीका लागि पठाएको थियो । 


म्यानपावरले भनेजस्तो र सुविधा नदिएपछि उनीहरू अहिले कामविहीन भएर अलपत्र परेका हुन् ।

 

उनीहरूलाई बन्धक बनाइएकाे समाचार क्यानडा नेपालले प्रकाशन गरेकाे थियाे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पूर्वाधार