शालीनदीमा माधवनारायण मेला सुरु (फाेटाेफिचर)

शुक्रबार, पुस २२, २०७९

काठमाडौँ– आजदेखि १ महिनासम्म शालीनदीमा मकर स्नानसहित माधवनारायणको मेला लागेको छ । प्राचीनकालदेखि लाग्दै आएको मेलामा महिनाभर लाखौँ भक्तजनको उपस्थिति रहन्छ ।

 

 

माघ महिनामा शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ ।  यो विश्वासमा प्रत्येक वर्ष  शालीनदीमा लाखौँ भक्तजन आउने गर्छन् । 

 

 

बर्तालुका लागि साँखुस्थित शालीनदीमा सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ ।

 

बर्तालु आज बेलुकीदेखि नै साँखुमा बास बस्न आउँछन् । बेलुकी मामधवनारायणका पुजारीबाट जल ग्रहण गरेपछि व्रतविधि सुरु हुन्छ ।

 

 

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  ०९:४९
प्रतिक्रिया दिनुहोस्