अर्थ मन्त्रालयमा राय र घिमिरे

बिहीबार, पुस २१, २०७९

काठमाडौं । सरकारले अर्थ मन्त्रालयका सचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अर्थसचिव कृष्णहरि पुस्कर र राजस्व सचिव रामेश्वर दंगालको ठाउँमा नयाँ सचिव ल्याएको हो ।

 

मन्त्रिपरिषद स्रोतका अनुसार अर्थसचिवमा तोयम रायलाई ल्याइएको छ । उनी उद्योगमा सचिव थिए । विगतमा उनी अर्थमन्त्रालय अन्तरगतका निकायमा काम गरिसकेका व्यक्ति हुन् ।

 

 

यस्तै, राजस्व सचिवमा रामप्रसाद घिमिरेलाई ल्याइएको छ । घिमिरे यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए। 

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १३:१०
प्रतिक्रिया दिनुहोस्