टोखाको चाकुको कथा (फोटो फिचर)

बिहीबार, पुस २१, २०७९

माघे सङ्क्रान्ति आउन अझै १० दिन बाँकी छ । तर काठमाडौँको उत्तरी क्षेत्र टोखाका स्थानीयलाई चाकु बनाउन भ्याइनभ्याई छ ।

 


चाकु बनाउने पेसा टोखाका स्थानीयको पुरानो व्यवसाय हो । उनीहरू मङ्सिर नलाग्दै चाकु बनाउन सुरु गरेका थिए । 

 

 

तर पनि बजारमा मागअनुसारकाे चाकु पुर्‍याउन नसकेकाे उनीहरू बताउँछन् । चाकु व्यवयासी राज काजीका अनुसार चाकुले लगानीअनुसारकाे उचित मूल्य नपाए पनि पुर्ख्याैली पेसा भएकाले निरन्तरता दिनुपरेकाे हाे । 

 

 

नेवार समुदायमा माघे सङक्रान्तिमा घिउ चाकु खाने प्रचलन छ । तर अब पछिल्लाे समय याे चलन सबै समुदायमा फैलिएको छ । 

 

 

टोखा नगरपालिकामा सञ्चालित १४ उद्योगलाई यतिबेला चाकु बनाउन भ्याइनभ्याई छ ।

 

 

टोखामा उत्पादन भएको चाकु काठमाडौँसहित नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायत सहरमा बिक्री हुँदै आएको छ । 

 

 

टोखा उखु खेती तथा चाकु उत्पादनका लागि प्रसिद्ध मानिन्छ । 

 


टोखाका चाकु उद्योगहरू सादा चाकु, मसला चाकु, स्पेसल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बै लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन गरिरहेका छन् । 

 

 

टोखा नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा यहाँ उत्पादन भएको चाकुलाई ब्रान्डिङ गर्ने घोषणा गरेको छ ।

 


टोखामा उत्पादन भएको चाकु अहिले प्रतिकिलो १३० देखि १३५ रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

 

 

माघे सङ्क्रान्तिसँगै नेवार समुदायमा मरिमराउमा पनि चाकु खाने चलन छ ।

 

 


चाकुले चिसाे काट्ने भएकाले चाकु खाँदा शरीरमा धेरै फाइदा हुनुका साथै रोगसँग लड्न सक्ने क्षमता विकास हुने र बालबालिकादेखि बुढाबुढीलाई जाडो महिनामा चाकु खुवाउँदा राम्रो हुने मान्यता छ ।

 

 

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १०:४०
प्रतिक्रिया दिनुहोस्