पुरानै लयमा फर्किंदै वसन्तपुर [फोटो फिचर]

बुधबार, पुस २०, २०७९

काठमाडौँ– विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र यतिबेला पूर्णत: आफ्नै स्वरूपमा फर्किएको छ। २०७२ सालको विनाशकारी भूकम्पमा परी तहसनहस भएको हनुमानढोका दरबार करिब ७ वर्षपछि पुनर्निर्माण भएको छ ।

 

 

भूकम्पले हनुमानढोका दरबार परिसरमा रहेका कैयौँ धार्मिक र ऐतिहासिक सम्पदा भत्काउनुका साथै जीर्ण बनाएको थियो । ४४ रोपनी क्षेत्रफलमा फैलिएको यो दरबार स्क्वायरलाई वसन्तपुर दरबार क्षेत्रको नामले पनि चिनिन्छ । यो क्षेत्रमा प्राचीन तलेजु भवानीको मन्दिर, ९ तल्ले दरबार, गद्दी बैठक र विभिन्न चोक छन् ।

 

 

भूकम्पले भत्काएको गद्दी बैठक अमेरिकाको सहयोगमा केही समयअघि पुनर्निर्माण गरिएको छ भने हनुमानढोका दरबार काठमाडौँ महानगरपालिका, हनुमानढोका दरबार संग्रहालय विकास समिति र अन्य केही संघसंस्थाको सहयोग तथा सहकार्यमा पुनर्निर्माण गरिएको हो ।

 

 

यहाँका मठमन्दिर र वास्तुकलाका डिजाइन पुरातात्त्विक हिसाबले पनि महत्त्वपूर्ण छन् । पछिल्लो समय सडक पेटीका रेलिङ रंगीन बनाइएको छ ।

 

अव्यवस्थित पार्किंङ हटाइएको छ, सडक पेटीमा राखिने पसल व्यवसाय हटाइएको छ । यसले गर्दा यस परिसरमा अझ सुन्दरताको रङ थपिएको छ। पुनर्निर्माणपछि वसन्तपुर क्षेत्रमा पुरानै रौनक फर्किएको छ ।

 

 

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १०:०६
प्रतिक्रिया दिनुहोस्