नेभिगेशन
पूर्वाधार

राहदानी बितरणमा मात्रै समस्या हो, अरु काम भैरहेको छः बिभाग

काठमाडौँ– राहदानी विभागले राहदानी बितरणमा मात्रै समस्या भएको बताएको छ ।

 

मंगलबार दिउँसो  विज्ञप्ती जारी गर्दै विभागको 'सिस्टम'मा आएको समस्याका कारण राहदानी छपाई र वितरण कार्य अवरुद्ध भएको बताएको थियो । तर, आजै साँझ दोस्रो विज्ञप्ती जारी गर्दै  राहदानी बितरणमा मात्रै समस्या भएको बताएको हो ।

 

विभागले जारी गरेको विज्ञप्तीको ब्यापक आलोचना भएपछि दोस्रो विज्ञप्ती जारी गर्दै सम्पूर्ण 'सिस्टम'को एउटा 'कम्पोनेन्ट'मा प्राविधिक समस्या आएको कारण राहदानी बितरणमामा केहि ढिलाई हुने जानकारी गराएको हो ।

 

विभागले प्राविधिक समस्या समाधान गर्ने कार्य भैरहेको जनाएको छ । विभागका अनुसार राहदानी बितरणमा केहि ढिलाइ भएपनि अन्य कामहरु यथावथ भैरहेको बताएको छ ।

विभागले पहिलाेपटक जारी गरेकाे  विज्ञप्ती

 

विभागले  दाेस्राेपटक जारी गरेकाे  विज्ञप्ती

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पूर्वाधार