‘त्रिवि हाम्रो रिजल्ट खोइ ?’ (फोटो फिचर)

मंगलबार, पुस १९, २०७९

काठमाडौँ–त्रिभुवन विश्वविद्यालयले परीक्षा सकिएको लामो समयसम्म पनि परीक्षाफल प्रकाशन नगरेको विरोधमा  नेपाली कांग्रेसको भातृ सङ्ठन नेविसङ्घले प्रदर्शन गरेको छ ।

 

 


बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय सङ्घले मङ्गलबार प्रदर्शन गरेको हो । ‘६ महिना भित्र आउनुपर्ने नतिजा १ वर्षमा नाघ्दा पनि त्रिवि किन मौन ? त्रिवि हाम्रो रिजल्ट खोइ? रिजल्ट कुर्न नसकेर साथी खाडी गइसक्यो, टियु साह्रै अल्छी भयो, रिजल्ट पर्खिँदा पर्खिँदा हामी थाकी सक्यौं’ जस्ता प्लेकार्ड बोकेर विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका थिए ।

 


परीक्षफल समयमा नआउँदा माथिल्लो तहमा भर्ना हुन समस्या भएको, विदेश पढ्न जान समस्या भएकाले समयमै परीक्षाफल सार्वजनिक गर्न त्रिविलाई दबाब दिन प्रदर्शन गरिएको विद्यार्थीहरूले बताएका छन् ।

 

मानविय संकायको बिए दोस्रो र तेस्रो वर्षको नतिजा सार्वजनिक भएको छैन । व्यवस्थापनतर्फ बिबिएसतर्फबाट चौथो वर्षको नतिजा पनि सार्वजनिक हुन बाँकी छ ।

 

 

 

याे पनिः

त्रिविको लापरबाही : स्नातक पहिलो वर्षमै दुइटा ब्याच

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १५:४३
प्रतिक्रिया दिनुहोस्