नेभिगेशन
अर्थतन्त्र विविध

अघि बढ्यो रातामाटे–रसुवा–केरुङ प्रसारण लाइन निर्माण, इआइएका लागि राय माग

काठमाडौँ –रातामाटे–रसुवा–केरुङ ४०० केभी प्रसारण लाइन निर्माणको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरणअन्र्तगत निर्माण हुन लागेको उच्च क्षमताको प्रसारण लाइन निर्माणका लागि आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) अध्ययनका लागि आयोजना प्रभावित क्षेत्रका सरोकारवाला निकाय र व्यक्तिगत राय सुझाव मागेको छ । 

 


आयोजनाले सार्वजनिक सूचना जारी गर्दै त्यस क्षेत्रको प्राकृतिक, भौतिक, जैविक, सामाजिक, सांस्कृतिक र आर्थिक प्रणालीबीच के कस्तो प्रभाव पर्दछ भनी यकिन गर्न प्रभावित क्षेत्रका व्यक्ति र सरोकारवालासँग सुझाव माग गरेको छ । आयोजनाले सूचना प्रकाशित भएको ७ दिनभित्र राय सुझाव पठाउन समेत आग्रह गरेको छ ।

 


रसुवा र नुवाकोट जिल्लाका स्थानीय तह, विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सम्वन्धित सरोकारवाला निकायले आफ्नो क्षेत्रमा हुने प्रभाव मूल्याङ्कनसम्बन्धी सुझाव दिन सकिने छ ।

 


रसुवाको गोसाइकुण्डस्थित नेपाल–चीन सीमाना नजिक पर्ने मिनार्खु भन्ने गाउँदेखि नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा प्रस्तावित ४००÷२०० केभीको रातामाटे सबस्टेशसम्म ७० किलोमिटर लम्बाइको प्रसारण लाइन निर्माण हुनेछ । प्रस्तावित आयोजना ४०० केभीको डबल सर्किट प्रसारण तथा अन्तरदेशीय प्रसारण लाइन आयोजना हो । जसबाट ५ हजार मेगावाट बिजुली आयात–निर्यात गर्न सकिनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध