नेभिगेशन
अर्थतन्त्र विविध

बढेको दूधको मूल्य घट्यो, समायोजनका लागि पह हुँदै (विज्ञप्तिसहित)

काठमाडौँ – डेरी उद्योगहरूले बढाएको दूधको मूल्य राष्ट्रिय दुग्द विकास बोर्डले घटाएको छ । विकास बोर्डले विज्ञप्ति जारी गर्दै डेरी उद्योग संघ र संघमा आवद्ध डेरी उद्योगले शनिबारदेखि लागू हुनेगरी प्रतिलिटर १४ रुपैयाँले बढाएको दूधको मूल्य घटाइएको जनाएको छ । 

 

राष्ट्रिय दुग्ध विकास नीति २०७८ ले  प्रत्येक दुई वर्षमा मात्रै मूल्य तोक्न पाउने व्यवस्था गरेको छ ।  सोहिअनुसार यसअघि २०७८ माघ १७ गते राष्ट्रिय दुग्ध विकास बोर्डको सिफारीसमा मन्त्रिपरिषदले दूधको मूल्य तोकेको थियो । 

 

शनिबार कृषि तथा पशुपंक्षि विकास मन्त्रालयका सचिवको नेतृत्व र बोर्डको अध्यक्षतामा सरोकारवालासँग भएको छलफलपछि अहिलेलाई स्थगित गर्ने सहमति भएको बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले विज्ञप्तिमार्फत जनाएका छन् । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध