नेभिगेशन
अर्थतन्त्र विविध

पेट्रोलियम पदार्थको मूल्य यथावत

काठमाडौँ– इन्डियल आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । मट्टीतेलबाहेक अन्य पेट्रोलियम पदार्थको मूल्य बढेर आएको हो । 

 

निगमले एक विज्ञप्ती जारी गर्दै इन्डियन आयल कर्पोशनबाट १ जनवरी २०२३(पुस १७, २०७९) मा प्राप्त खरिद मूल्य सूचीअनुसार, पेट्रोलमा २.४५ प्रति लिटर, डिजेलमा २.९५ रुपैयाँ प्रतिलिटर, हवाई इन्धनमा ४.१३ रुपैयाँ, एलपी ग्याँस ७७.२२ रुपैयाँ प्रतिलिटर बढेर आएको जनाएको छ ।

 

हाल अन्र्तराष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः घटबढ हुने अवस्थामा रहेको जनाएको छ । पुरानो बक्यौताबापतको ऋणको व्यवस्थापन गर्न निगमलाई चुनौती थपिएको भन्दै निगमले हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत रहेको जनाएको छ ।

No description available.

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध