पोखरा विमानस्थल उद्घाटनमा देखिएको उत्साह [१९ तस्बिर]

मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या तीन पुग्याे
आइतबार, पुस १७, २०७९

पाेखरा– आइतबार उत्साहपूर्वक पोखराको अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भयो । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यही पुस ७ गते निजी क्षेत्रका अग्रणी विमान कम्पनी बुद्ध एयर र यती एयरलायन्सले आफ्नो परीक्षण उडान गरिसकेका छन् । त्यस्तै, गुण एयरलाइन्सले पनि परीक्षण उडान गरेको छ । विमानस्थल सञ्चालनका लागि तयार भएसँगै मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या तीन पुगेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि मुलुकभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । त्यसको सात महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनयोग्य भएको हो ।

तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै रु २२ अर्ब लागतमा निर्माण भएको छ । विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग रहेको छ ।

पोखरा विमानस्थल उद्घाटनमा देखिएको उत्साह 

पोखरामा नवनिर्मित अन्तरराष्ट्रिय विमानस्थलको आइतबार उद्घाटन समारोहमा सहभागीहरु । समारोहमा विभिन्न झाँकी तथा जातिय पहिरनसहित हजारौँको उपस्थिति थियो । तस्बिर: कृष्ण दवाडी, रासस

पोखरामा नवनिर्मित अन्तरराष्ट्रिय विमानस्थलको आइतबार उद्घाटन समारोहमा सहभागीहरु । समारोहमा विभिन्न झाँकी तथा जातिय पहिरनसहित हजारौँको उपस्थिति थियो । तस्बिर: कृष्ण दवाडी, रासस

पोखरामा नवनिर्मित अन्तरराष्ट्रिय विमानस्थलको आइतबार उद्घाटन समारोहमा आफ्नो जातिय पहिरनसहित सहभागी युवतीहरु । तस्बिरः कृष्ण दवाडी, रासस

पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको उद्घाटनपछि अवलोकन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः प्रदीपराज वन्त, रासस

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड। साथमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल । तस्बिरः प्रदीपराज वन्त/रासस

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्न आइतबार पोखरा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बिमानस्थलमा स्वागत गरिँदै।  तस्बिरः राधिका कँडेल/रासस

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ताम्रपत्र अनावरण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । तस्बिरः राधिका कँडेल/रासस

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  २०:१०
प्रतिक्रिया दिनुहोस्