नेभिगेशन
अर्थतन्त्र विविध

ई-सेवाद्वारा आन्तरिक रेमिट्यान्स बन्द

काठमाडौँ- ई–सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स सेवा बन्द गरेकाे छ ।

 

सार्वजनिक सूचना जारी गर्दै ई-सेवाले देशभित्रकाे रेमिट्यान्स सेवा बन्द गरेकाे जानकारी दिएकाे हाे । रेमिट्यान्स कम्पनीको मुख्य काम देशबाहिरबाट विदेशी मुद्रा स्वदेश भित्र्याउनु रहेको कारण देखाउँदै काराेबार बन्द गरेकाे हाे ।

 

आन्तरिक रेमिट्यान्स कारोबारलाई नियामक निकायले कडाइ गर्दै गएको, डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्नुपरेको उसकाे तर्क छ । 

 

ई-सेवाले उक्त निर्णयको जानकारी राष्ट्र बैंकलाई पनि दिइसकेकाे छ । अब कम्पनीको सम्पूर्ण ध्यान विदेशबाट स्वदेशमा रेमिट्यान्समार्फत विदेशी मुद्रा भित्र्याउन उपयोग गरिने पनि उनको भनाइ छ ।

 

राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीले विदेशबाट रेमिट्यान्समा विदेशी मुद्रा प्राप्त गर्ने कार्य मात्र गर्न पाउने व्यवस्थाको पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ । उक्त निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्नका आन्तरिक रेमिट्यान्स कारोबार बन्द गरिएको कम्पनीको दाबी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध