नेभिगेशन
अर्थतन्त्र विविध

पोखरा विमानस्थलको भरपुर सदुपयोग अब नयाँ एजेन्डा बन्यो : अर्थमन्त्री

पोखरा –उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ चलाउन सरकारले सबै प्रकारको सहयोग गर्ने बताएका छन् ।


पोखरा विमानस्थलको औपचारिक उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले अबको चुनौती विमानस्थलको सञ्चालन रहेको बताए । उनले भने, ‘विमानस्थलको सही र भरपुर सदुपयोग अब नयाँ एजेन्डा बनेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्यन संगठनसँग पनि आवश्यक समन्वयन सरकारले गर्नेछ ।’


पोखरामा पर्यटकको ओइरो लागोस् भन्ने चाहनाका साथ विमानस्थल बनेको भन्दै अब यो चाहना पुरा हुने पनि उनले बताए । 


विमानस्थल निमार्णमा रवीन्द्र अधिकारीको भूमिका महत्वपूर्ण रहेको भन्दै पौडेलले स्वर्गीय अधिकारीको स्मरण समेत गरे ।


उनले पोखरालाई पर्यटनको केन्द्रको रुपमा विकास गर्न सरकारले अन्य पूर्वाधार निमार्णलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध