शिरमा सजिएको टोपी (फोटो फिचर)

आइतबार, पुस १७, २०७९

कवि गोपाल योञ्जन लेख्छन्-
‘मेरो टोपी कैलाशको शिर जस्तो, हिमालको भीर जस्तो...’

 

 

अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ को पहिलो दिन नेपाली टोपी दिवस मनाइएको छ ।


नेपाली टोपीको प्रवद्र्धन गर्न केही वर्षदेखि स्वतःस्फूर्त रूपमा अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस  मनाउन थालिएको हो । जङ्गबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको इतिहास छ ।

 

 

नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बङ्लादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । 

 

 


विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रूपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गर्छन् ।

 


ढाका टोपीको माथिल्लो भागको चुचुरोले हिमालको प्रतिनिधित्व गर्छ  भने बीचको भिरालो भागले पहाडको प्रतिनिधित्व गर्छ । यस्तै सबैभन्दा तलको समथर भागले तराईको प्रतिनिधित्व गर्छ ।

 


मौलिक सम्पदा र धरोहरको संरक्षण, राष्ट्रिय पोशाक, र झण्डा तथा स्वाभिमानको पहिचानसहितको नारासहित दिवसको अवसरमा वसन्तपुरदेखि पर्यटन बोर्डसम्म ¥याली निकालिएको छ ।  राष्ट्रिय धरोहर संरक्षण प्रतिस्ठान नेपालले ¥यालीको आयोजना गरेको हो ।

 

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १२:३४
प्रतिक्रिया दिनुहोस्