नेपाली वर्षलाई बिर्सिएको ठमेल अंग्रेजी वर्षमा रमाउँदै [१५ तस्बिर]

शनिबार, पुस १६, २०७९

काठमाडौ–  ईश्वी संवतको नयाँ वर्ष २०२३ भोलि (आइतबार)देखि सुरु हुँदै छ । सन् २०२२ को अन्तिम दिन डिसेम्बर ३१ तारिख अर्थात् आजराती १२ बजेको समाप्तिसंगै सन् २०२२ को औपचारिक विदाई भई नयाँ वर्ष २०२३ प्रारम्भ हुँदै छ ।

यति बेला नयाँ बर्षको पूर्व सन्ध्याको विश्वभरी विभिन्न कार्यक्रमहरु गरि खुसीयाली मनाइदै छ । नेपालमा पनि राजधानी लगायत देशका विभिन्न प्रमुख शहरहरुमा कार्यक्रम गरिदैछन् । पर्यटकीय स्थलहरुमा राति अबेरसम्म नयाँ वर्षको स्वागतमा विभिन्न कार्यक्रम भइरहेका छन् ।

 

काठमाडौंको ठमेलमा पनि अंग्रेजी बर्ष विदाई र नयाँ वर्षको आगमनलाई स्वागत गर्न विशेष कार्यक्रमको आयोजना गरिएको छ । ठमेल पर्यटन बिकास परिषद्ले अंग्रेजी बर्ष विदाई गर्न आज साँझ विभिन्न कार्यक्रम आयोजना गरेकाे हाे । नेपाली नयाँ वर्ष बैशाख १ लाई बिर्सिएको ठमेलले नयाँ वर्षलाई स्वागत गर्न आतुर देखिन्छ ।

 

नयाँ वर्षको कार्यक्रममा विदेशी पर्यटक र नेपाली युवाहरु रमाउँदै  नाचगानमा रमाइरहेका छन् । विशेष गरी काठमाडौंको ठमेल, दरबारमार्ग, भक्तपुरको नगरकोट, पोखरा, चितवनको सौरहालगायतका स्थानमा विशेष कार्यक्रम भइरहेका छन् ।

 

ईसापुर्व २००० वर्ष पहिले इराकको मेसोपोटा मियाबाट नयाँ वर्ष मनाउने प्रचलन शुरु भएको मानिन्छ । रोमन भाषाको जेनस शब्दबाट नयाँ वर्षको पहिलो महिना जनवरीको नामाकरण भएको मानिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी नयाँ वर्षको स्वागत गरिएको छ ।

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  १९:१५
प्रतिक्रिया दिनुहोस्