साताका ७ तस्बिर : दुर्गन्धित खाेलादेखि सुन्दर न्युराेडसम्म !

शनिबार, पुस १६, २०७९

 

शुक्रबार टुँडिखेलमा मनाइएको तमु ल्होसारकाे अवसरमा अनुहार सजाउँदै एक नारी ।

 

 

बिहीबार काठमाडौँलाई नजिकैबाट नियाल्ने क्रममा चाबहिलस्थित धाेबीखाेलाकाे किनारमा हिँड्दा देखिएको फोहोर खोला  ।

 

 

बुधबार न्युरोडको नयाँ रूप , महानगरले फुटपाथ हटाएर बार लगाएपछि पैदलयात्रुलाई सहज भएकाे छ ।

 

 

अफिस समयमा मात्र होइन,  राजधानीका जनता सधैँ ट्राफिक जाममा । मंगलबार दिउँसाेकाे समयमा माइतीघर मण्डलामा देखिएको ट्राफिक जाम । 

 

 

आइतबार अव्यवस्थित पार्किङ  गरेर राखिएको जिल्ला अदालत बबरमहल परिसरको मोटरसाइकल हटाउँदै नगर प्रहरी ।

 

 

सोमबार जाडो छल्न सुनधारातर्फ निस्किँदै गर्दा नजिकैको सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाकाे एक समूहले गरेको तालिमको दृश्य ।

 

 

गत शनिबार साँझ क्रिसमसमा चलेको फेसन लत्याउँदै नाबालक । सिटी सेन्टरमा टोपी झिकेर फाल्दै ।

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  १०:२०
प्रतिक्रिया दिनुहोस्