मनाइयो तमु ल्होसार (फोटो फिचर)

शुक्रबार, पुस १५, २०७९

काठमाडौँ–गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसार धुमधामका साथ शुक्रबार भनाइएको छ । गुरुङ समुदायले मनाउने यो पर्व उनीहरूले विगत २६०३ वर्ष अघिदेखि मनाउँदै आइरहेका हुन् । तर कहिलेदेखि यो पर्व मनाउन थालियो भन्ने यकिन इतिहास छैन ।

 

हरेक वर्षको पुस १५ मा गुरुङको वर्ग/वर्ष फेरिन्छ । पुस १५ लाई उनीहरूले नयाँ वर्ष र जातीय पर्वका रूपमा मनाउँछन् । ‘ल्हो’ अर्थात् वर्ग १२ वटा हुन्छन् । ती सबै विभिन्न पशुपक्षीका नाममा राखिएको हुन्छ ।

 

हरेक १२ वर्षपछि फेरि सुरुकै वर्ग आउँछ । यो चिनियाँ पात्रोमा आधारित हुन्छ । यसपालि ‘हि ल्हो’ अर्थात् बिरालो वर्ग परेको छ । गुरुङको हरेक शुभ/अशुभ कार्य गर्दा वर्ग हेरेर गर्ने गरिन्छ ।

 


पुस १५ मा सबैभन्दा लामो रात र छोटो दिन हुन्छ भन्ने विश्वास गरिन्छ । त्यसपछि दिन लामो र रात छोटो हँुदै जान्छ । दिन लम्बिने पहिलो दिनलाई नै गुरुङले नयाँ वर्ष सुरु हुने दिनका रूपमा मनाउन थालेका हुन् ।

 

नेपालमा गुरुङसँगै तामाङ, शेर्पा लगायत अन्य हिमाली समुदायले पनि ल्होसार पर्व मनाउँछन् ।


तामाङ, शेर्पा र अन्य हिमाली समुदायले पनि ल्होसार भव्य रूपमा मनाउँछन् । गुरुङले पुसमा, तामाङले माघमा र शेर्पाले फागुनमा मनाउँछन् । 

 


तमु ल्होसारको विशेष सांस्कृतिक महत्व छ । यसले गुरुङको इतिहास, पहिचान, संस्कृति बोकेको छ । त्यसकारण यस पर्वलाई उनीहरूको पहिचानको मूल कडीका रूपमा लिइएको छ । 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  १३:४५
प्रतिक्रिया दिनुहोस्