हिंसामा परेका महिलाद्वारा न्यायका निम्ति माइतीघरमा रिले अनसन (फाेटाे फिचर)

बिहीबार, पुस १४, २०७९

काठमाडौँ– सरकारलाई खबरदारी गर्दै निर्मला कुर्मीलगायत हिंसामा परेका महिलाको न्यायका निम्ति आजबाट पुनः माइतीघरमा रिले अनसन सुरु भएको छ ।

 

रिले अनसनको आज पहिलो दिन उही पुरानै अनुहारहरू सडकमा न्यायका निम्ति आएका छन् ।  यसपटक भने अनसनले नयाँ रुप लिएको छ ।

 

 

अनिश्चितकालीन अनसनमा अनसनकर्ताहरू मुखमा 'न्याय खै ?' लेखेको कालोपट्टी बाँधेर बसेका छन्। 'महिलालाई बाँच्ने अधिकार खोई ,खोई महिला सुरक्षा, जुन देशमा महिला राष्ट्रपति त्यही देशमा महिलाको निर्मम दुर्गति, मानवअधिकार चाहियो सरकार, विधवा महिला निर्मला कुर्मीको अपहरण, शरीर बन्धक, कर्तव्य ज्यान गरी हत्यामा न्याय देऊ सरकार, छानबिन समितिको प्रतिवेदन कहिले हुन्छ कार्यान्यन ?, सिआइबी १ वर्ष पूरा तर अनुसन्धान अधुरा' जस्ता नारा लेखिएका ब्यानरसहित उनीहरू रिले अनसनमा छन् । 

 

 

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १६:४७
प्रतिक्रिया दिनुहोस्