नेभिगेशन
सिएन ग्यालरी

बालेन दशरथ रंगशालामा (फोटोफिचर)


काठमाडौँ— काठमाडौँ महानगरपालिकाले २८ औँ महानगर दिवसको अवसरमा सोमबार मैत्रीपूर्ण फुटबलमा काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) ले पनि खेलेका छन् । 


दशरथ रंगशालामा मेयर ११ र प्रमुख कार्यकारी अधिकृत ११ को टीमबीच मैत्रीपूर्ण फुटबल आयोजना गरिएको हो । 


खेलकुद इभेन्ट संचालन उपसमितिसँगको समन्वयमा सामाजिक विकास विभागले खेलको आयोजना गरेको हो ।

महानगरका अनुसार खेलकुदका लागि सामाजिक विकास विभागको कोषबाट ७ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

खेलकुदका लागि जर्सी, मोजा, क्याप, रेफ्री  र राष्ट्रिय खेलकुद परिषदलाई भुक्तानी गर्नेसमेत सामाजिक विकास विभागले गरेको छ ।

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले खेलाडीहरुलाई बल हस्तान्तरण गररे प्रतियोयिताको सुरुवात गरिन् ।

 

 

प्रतिक्रिया दिनुहोस्