‘ईभी नेपाल एक्सपो २०२२’मा आईएमई इलेक्ट्रिक  ‘नम्बर १ स्टल’ घोषित

बुधबार, मंसिर २१, २०७९


काठमाडौँ— तीन दिन सम्म काठमाडौंको भृकुटीमण्डपमा चलेको ‘ईभी नेपाल एक्सपो २०२२’ मा राफ्ट इलेक्ट्रिक स्कुटरको स्टल ‘नम्बर १ स्टल’घोषित भएको छ । एसडी एक्सपो मिडियाको आयोजनामा मंसिर १६, १७ र १८ गते उक्त एक्सपो सम्पन्न भएको थियो । 

आईएमई इलेक्ट्रिकले नेपाली बजारमा बिक्री–वितरण गरिरहेको राफ्ट इलेक्ट्रिक स्कुटरका ३ मोडल एक्सपोको अवसरमा डिस्प्ले गरिएका थिए । ती मध्ये एक नेपाली बजारमा सबैभन्दा बढी रेन्ज दिने राफ्ट इन्दस ९सिंगल चार्जमा ३२० किलोमिटर० थियो भने अन्य मोडलमा राफ्ट वारियर र राफ्ट जिस्पा थिए । 

राफ्ट इन्दस १००० र २००० वाट मोटर गरी दुई मोडलमा उपलब्ध छ । १००० वाटको इन्दसले सिंगल चार्जमा ३२० किलोमिटर र २००० वाटको इन्दसले बढी पावर र ३०० किलोमिटर रेन्ज दिन्छ । 

स्कुटरमा किलेस स्टार्ट, थेफ्ट अलार्म, रिभर्स गियर, डिजिटल डिस्प्ले, इन्डिकेटर बजर, अटोमेटिक चार्जर कट–अफ, १० एम्पियर फास्ट चार्जिङ, पोर्टेबल ब्याट्री, ३ ड्राइभिङ मोड, फाएर प्रुफ ब्याट्री आदि फिचर छन् । त्यसैगरी रिमोट लकिङ र रिजेनेरेटिभ ब्रेकिङ सिस्टम लगायतका विशेषता समेत उपलब्ध छन् ।

एक्सपोको अवसरमा १००० भन्दा बढी अवलोकनकर्ता, ५०० सोधपुछ र ३ सय भन्दा बढी अवलोकनकर्ताले राफ्ट स्कुटरको टेस्ट राइड गरेका छन् भने ४३ वटा स्कुटर बुकिङ भएका छन् । आईएमई इलेक्ट्रिकले पहिलो पटक सार्वजनिक रुपमा प्रदर्शन गरेको इलेक्ट्रिक स्कुटरप्रति अवलोकनकर्ताहरुले निकै नै रुचि राखेको पाइएको छ । 

आगामी दिनमा अझै धेरै ग्राहकहरुका बीचमा पुग्ने र भारतको प्रतिष्ठित ब्रान्ड राफ्ट इलेक्ट्रिक स्कुटरको टेस्ट राइड अनुभव प्रदान गर्ने कुरामा आईएमई इलेक्ट्रिक प्रतिवद्धता व्यक्त गर्दछ ।

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १२:०३
प्रतिक्रिया दिनुहोस्