नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक बस्दै

बुधबार, मंसिर २१, २०७९

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कार्यालयको बैठक बोलाएको छ । केन्द्रीय सचिवालय बैठक अघि एमालेको केन्द्रीय कार्यालयको बैठक बस्न लागेको हो । 


बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको एमाले पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । एमाले केन्द्रीय कार्यालय बैठकमा महासचिव लगायत उपमहासचिव र सचिवहरु रहेका छन् । 


कार्यालय बैठकले पार्टी केन्द्रीय सचिवालयका एजेन्डा तय गर्नेछ । मंसिर ४ को निर्वाचनपछि पहिलो पटक बैठक बस्न लागेको हो ।


निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको परिणाम सार्वजनिक गरेसँगै एमालेले बैठक बोलाएको हो । बैठकमा समानुपातिकतर्फ बन्द सुचीमा रहेकाबारे छलफल हुनेछ । एमालेले समानुपातिक तर्फ लोकप्रिय सबैभन्दा बढी २८ लाख ४५ हजार ४६१ मत ल्याएको छ भने प्रत्यक्षतर्फ ४४ सिट जितेको छ।

 

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १०:०१
प्रतिक्रिया दिनुहोस्