विश्वकप फुटबलमा मोरक्को र स्पेन तथा पोर्चुगल र स्विजरल्याण्डले आज प्रतिस्पर्धा गर्दै

मंगलबार, मंसिर २०, २०७९
मंगलबार, मंसिर २०, २०७९


काठमाडौंँ–कतारमा जारी फिफा विश्वकप फुटबलमा मंगलबार प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् ।


यी दुई खेलसँगै विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा हुनेछ । पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ ।


मोरक्को समूह ‘एफ’ को विजेता र स्पेन समूह ‘ई’ को उपविजेता बन्दै नकआउट चरणमा भेट पक्का गरेका थिए । दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।


यस्तै अर्को खेलमा पोर्चुगल र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । प्रि–क्वाटरफाइनलको अन्तिम खेलको रुपमा रहेको यो खेल राति पौने १ मा हुनेछ ।


पोर्चुगल समूह ‘एच’ को विजेता र स्विट्जरल्यान्ड समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् । दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्