दोलखा मतगणना अपडेट : ३६ मतले एमालेका शिवाकोटी अगाडि

सोमबार, मंसिर १९, २०७९

काठमाडौं । दोलखामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी नेकपा माओवादी उम्मेदवार गंगा कार्कीभन्दा ३ट मतले अगाडी रहेका छन् । आइतबार बेलुकासम्म कार्की झन्डै २ हजार मतले अगाडि हुँदा सोमबार बिहान आइपुग्दा शिवाकोटी ३६ मतले अगाडि भएका हुन् । 


ओराङ क्षेत्रको मतगणना सकिदा शिवाकोटी कार्कीभन्दा ३६ मत अन्तरले अगाडि छन् । शिवाकोटीको ३३ हजार ९३९ र कार्कीको ३३ हजार ९०३ मत छ । ओराङको मत गन्नुअघि कार्की ११४ मत अन्तरले अघि थिए ।

 

अब विगु गाउँपालिकाको लामाबगर, शैलुङ गाउँपालिकाका दूधपोखरी र भुषाफेदा र मेलुङ गाउँपालिकाको पवटीको मत गणना हुन बाँकी छ । मत गणना अन्तिम चरणमा आइपुग्दा प्रतिस्पर्धा पनि रोचक बनेको छ ।

 

मंसिर ४ गतेको निर्वाचनमा दोलखाका १० क्षेत्रमा धाँधली भएको निष्कर्षसहित ती क्षेत्रमा मंसिर १५ गते पुनः निर्वाचन भएको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  ०७:४४
प्रतिक्रिया दिनुहोस्