दक्षिण कोरियाको लोभलाग्दो विकास, नेपालले पनि केही सिक्ने की ! (फोटो फिचर)

आइतबार, मंसिर १८, २०७९

सिओल – दक्षिण कोरियाको चामत्कारिक आर्थिक विकास आधुनिक विश्वको ठूलो रहस्य मध्य एक बनेको छ । सन १९६० को दशक सम्म दक्षिण कोरिया संसारका गरिब मुलुक मध्य एक थियो ।

त्यसबेला कोरियाली नागरिकको प्रतिव्यक्ति आय ७० अमेरिकी डलर थियो । जुन अफ्रिका, ल्याटिन अमेरिका र एसियाका गरिब देशहरूको भन्दा पनि न्यून हो । ५ दशक अघि सम्म नेपाल भन्दा पनि गरिब दक्षिणकोरिया अहिले संसार कै धनी र समृद्ध देश बन्न पुगेको छ । 

नेपाल भन्दा सानो भूगोल भएको दक्षिण कोरिया अधिक स्रोत साधन भएको देश होइन । औद्योगिकरण, परिश्रम, समर्पण, लगनशीलताउच्चतम् प्रविधिको विकासले विश्वको नयाँ उदयमान शक्ति बन्न पुगेको हो ।

तीन वर्षे कोरियाली युद्धले तहसनहस भौतिक संरचना, ठूलो जनसंख्या, प्राकृतिक स्रोतको दुर्लभता, शैक्षिक जनशक्तिको अभाव, दक्षिण कोरियाको गरिबी समयका पर्याय थिए । अर्थतन्त्रको आधा भन्दा बढी हिस्सा दाता देशको सहयोगमा निर्भर हुन्थ्यो भने नागरिकलाई खाद्यान्न पुर्‍याउन समेत धौ धौ थियो । 

दक्षिणकोरियाको आधुनिक विकास सैनिक शासक पार्क जोङ ही ले सुरु गरेका हुन् । भ्रष्टाचारीलाई कारवाही, खुला उद्योगमैत्री वातावरण निर्माण, साना र मध्यम आकारका उद्योगको ब्यापक विस्तार, सिमालोङदोङ अर्थात म गर्न सक्छु भन्ने भावनाले जनतालाई विकासमा सामेल गर्न थालिएको परियोजनाले कोरियालाई विकासको गोरेटो तर्फ मोडेको थियो । 

दक्षिण कोरियाले आर्थिक रुपमा चामत्कारिक विकास गर्दा ग्रामीण र शहरी क्षेत्रको आर्थिक अभाव अन्त्यका लागि गाऊ विकासको परियोजनाहरू ल्याइएको थियो । व्यावहारिकताबारे प्राथमिक बनाउँदै विकास निर्माणमा जनतालाई सामेल सिमालोङदोङ परियोजनाले विकास सँगै साना र मध्यम उद्योगलाई प्रोत्साहन दिएको थियो ।

सरकारले ठूलो लगानी र परियोजना ल्याएर होइन, जनतालाई विकास र निर्माणमा सामेल गरि थालेको योजना र सबैको हातेमालोले कोरियालाई विकासको पथमा पुर्यायाेप्रौढ शिक्षा र सीपमुलक तालिम सुरु भए । जीवनस्तर उकासिँदै जाँदा देशको स्वरुप नै औद्योगिकरण तर्फ मोडियो । 

कोरियाले ग्रामीण भेगबाट सुरु गरेको सिमालोङदोङ अभियान अहिले विश्वव्यापी बनाइरहेको छ । गरिबीको समयमा पश्चिम युरोपका खानीमा काम गर्ने कामदार देखि अस्पताल र अरु क्षेत्रमा गएका कोरियालीले रेमिट्यान्स स“गै सिकेको सिप स्वदेशमा प्रयोग गरे । परिणाम अहिले कोरिया चरम विकासमा छ । 

प्राकृतिक स्रोतहरू लगभग शून्य रहेको, सानो मुलुक, उच्च जनसंख्याले सधैंभरि सताइरहने देश दक्षिण कोरिया आज एशियाको तेस्रो ठूलो र विश्वकै ११ औं ठूलो अर्थतन्त्र बनेको छ । सन् १९६० को दशक सम्म कोरिया र नेपाल समानस्तरका मुलुक थिए । दुइवटै देश विश्वकै गरीब मुलुकको सूचीमा पर्थे । 

आज कोरिया विश्वका धनी २० राष्ट्रको समूह जी २० को सदस्य छ । ऊ अहिले विश्वको सातौं ठूलो निर्यातक र दशौं ठूलो आयातकर्ता मुलुक हो । वैदेशिक रोजगारमा जाने नेपाली कामदारका लागि समेत कोरिया राम्रो गन्तव्य बनेको छ । जबकी प्राकृतिक स्रोतका आधारमा नेपाल कोरियाभन्दा धेरै अघि छ । क्षेत्रफलका आधारमा नेपालको जनसंख्या पनि तुलनात्मक रूपमा कम नै छ । कृषियोग्य जमीन पनि नेपालमा धेरै छ । यस्तो हुँदा पनि नेपालचाहिं जहींको तहीं छ । 

निकै छोटो अवधिमा विकास भएको हो कोरिया, सच्चिनै कोरियाको विकासको फड्कोले संसारलाई नै लोभ्याएको छ । हामीले पनि कोरियाको विकास बाट पाठ सिक्न जरुरी देखिन्छ ।

 

 

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  ११:५०
प्रतिक्रिया दिनुहोस्