तस्बिरमा हेर्नुहोस् नेपालका देवीदेवताहरु

बुधबार, मंसिर १४, २०७९

काठमाडौँ – काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषदमा ‘नेपालका देवीदेवताहरू’ नामक कला प्रर्दशनी सुरू भएको छ।

नेपाल कला परिषदको ६० औँ वार्षिकोत्सव र नेपाल हस्तकला महासंघको ५०औँ स्वर्ण वर्षको उपलक्ष्यमा ‘नेपालका देवीदेवताहरू’ नामक कला प्रदर्शनी शुरु भएको हो। 

प्रदर्शनीमा विभिन्न धर्मका देवीदेवताको कला राखिएको छ। यसले नेपाली कला, संस्कृति र धर्मको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य राखेको आयोजकले बताएको छ।


डा नरेश शाक्यले कलाकृतिहरूको प्रदर्शनले हिन्दू धर्म र बुद्धको उत्पत्तिका सिद्धान्तहरू र नेपालमा जरा गाडेका दुई धर्म र दर्शनहरूलाई विभिन्न अवतारहरू र असंख्य प्रकारका युगहरू, प्रतीकात्मकता र प्रतिमाविज्ञानमा परिणत गर्ने बताएका छन।  जुन हामीले विगतका ऋषिहरू र विद्वानहरूबाट विरासतमा पाएको उनको दाबी छ । 

मुलतः हिन्दू धर्म र बौद्ध धर्मका आधारभूत सिद्धान्तहरू, अस्त्र देवताहरू, लोकेश्वर, सम्भर र योगिनी, तारा, सिद्ध पुरुष, महान्काल, भैरव, अन्य बौद्ध देवताहरूको प्रतिमा प्रदर्शनीका लागि राखिएको छ । पहिलो तल्लामा वैष्णव र विष्णु अवतार, शैव, शक्ति, बुद्ध र पञ्च बुद्ध, शाक्यमुनि बुद्धको जीवनसँग सबन्धित तस्बिर राखिएको छ। 

 

दोस्रो तल्लामा कला र डिजाइनमा नवीनता र माथिल्लो तलामा विशेष बुथहरूमा उच्च स्तरको डिजाइनहरू प्रदर्शन गरिएको छ, नेपाली कलाकारहरूले हाम्रो लामो अवस्थित स्थानीय हस्तकलाबाट प्रेरित भएर पूरा गरेका छन्। 

 

 

 

प्रदर्शनले हिन्दू र बौद्ध धर्मको उत्पत्ति, नेपालको मौलिक धर्म र दर्शनको बारेमा जानकारीसमेत दिने बताइएको छ।

मंसिर ११ गतेदेखि सुरू प्रदर्शनीना १ सय ६० कलाकारले बनाएका कलाकृति आगामी २५ गते सम्म  राखेर प्रदर्शन हुनेछ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  ०८:३०
प्रतिक्रिया दिनुहोस्