सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
आज २०७९ मंसिर १४ गते, बुधवार, ३० नोभेम्बर २०२२। मार्ग शुक्लपक्ष सप्तमी तिथि, १३ः३९ बजेदेखि अष्टमी। धनिष्ठा नक्षत्र, १२ः१८ बजेदेखि शतभिषा। चन्द्रराशि-कुम्भ।
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
काम बने पनि उठ्नुपर्ने रकम अड्किन सक्छ। नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ। समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।
वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
चुनौतीका बीच अवसर प्राप्त हुनेछ। प्रयत्न गर्दा नयाँ काम थालनी हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। तर परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला। श्रम परे पनि उचित मूल्य प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
घुमफिर तथा मनोरञ्जनपूर्ण आनन्द प्राप्त हुनेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अवसर प्राप्त भए पनि काममा हातहाल्नुअघि समस्या आउन सक्छ। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पेटको खराबीले स्वास्थ्य कमजोर हुन सक्छ। गुरुजनसँग मतभेद हुनाले अध्ययनमा पछि परिनेछ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। धेरै फाइदा नहुने काममा समय बित्नेछ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। प्रतिस्पर्धीहरू पछि पर्नेछन् । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
चिताएको काम बन्नुका साथै बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। मान–सम्मान प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मिहिनेतले मानसम्मान दिलाउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
करकापमा परी काममा जुट्नुपर्ने अवस्था रहनेछ। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला।