धादिङ १ मा हास्य कलाकार हिमेश पन्तले कति मत पाए ?

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ –   धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवारी दिएका कलाकार हिमेश पन्तले ३१ मत प्राप्त गरेका छन् । ६ सय मत गनिसक्दा हास्य क्षेत्रका कलाकार पन्तले ३१ मत प्राप्त गरेका हुन् । 

 

बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका राजेन्द्र पाण्डेले अग्रता लिइरहेका छन् । पाण्डेले ३ सय १९ मत पाएका छन् भने एमालेका भूमिराज त्रिपाठीले २ सय २५  पाएर पछ्याइरहेका छन् । 

 


अहिले गल्छी गाउँपालिकाको वडा नम्बर २ र ५ को मतगणना भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २१:१७
प्रतिक्रिया दिनुहोस्