नेभिगेशन
समाचार

सुकुम्वासीको समस्या समाधान गर्छौँ– पूर्वमन्त्री प्रधान

काठमाडौँ– नेपाली कांग्रेसका नेता एवं पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले सुकुम्वासीको हक, हितका लागि आफ्नो पार्टीले सक्रियापूर्वक आवाज उठाउने बताएका छन्। आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ बाट लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार बनेका नेता प्रधानले आज काठमाडौँ महानगरपालिका–२६ सङ्गम टोलमा आयोजित युवा भेलालाई सम्बोधन गर्दै सुकुम्वासीको समस्या कांग्रेसले समाधान गर्ने बताए । “केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार मिलेर सुकुम्वासीका समस्या समाधान गर्छौँ”, उनले भने। संविधान निर्माणका लागि गठबन्धन निर्माण भएको उनको भनाइ थियो । गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं ६ प्रदेश ९१० का उम्मेदवार हरिप्रभा श्रेष्ठ खड्गीले सुकुम्वासी आयोगमार्फत काठमाडौँभित्रको सुकुम्वासीको समस्या गरिने बताइन्। उनले हरेक क्षेत्रमा महिला सहभागिता बढाउन सकेमात्र देशको विकास हुने उल्लेख गरिन। “समाज र राष्ट्रको विकासका लागि मैले राजनीति गरेको हो, नमूना क्षेत्र निर्माणका लागि मेरो उम्मेदवारी हो”, उनले भनिन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार