नेभिगेशन
समाचार

गुल्मीमा निर्वाचनको लागि २५ सय बढि सुरक्षाकर्मी खटिने

गुल्मी–आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गुल्मी जिल्लामा २५ सय बढि सुरक्षाकर्मी खटिने भएका छन् । जिल्लामा रहेका विभिन्न निर्वाचन क्षेत्रमा १ हजार ४ सय ६८ म्यादी प्रहरी, ७ सय नेपाल प्रहरी र शसस्त्र प्रहरी नेपाली सेना गरी कुल २ हजार ५ सय बढि सुरक्षाकर्मी खटाइएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडलले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी पौडेलले क्यानाडा नेपालसँग कुराकानी गर्दै भने, ‘निर्वाचनका लागि जिल्लामा आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ । मतदाताले आफ्नो मतदान केन्द्रमा पुगेर ढुक्कले मतदान गर्न सक्नेछन् ।’ जिल्लाभर भयरहित र शान्त वातावरणमा निर्वाचन हुने पनि उनले बताए । कसैलाई सुरक्षाको थ्रेट भए तत्काल खबर गर्न समेत प्रमुख जिल्ला अधिकारी पौडेलले आग्रह गरे । २ निर्वाचन क्षेत्र रहेको गुल्मीमा २७८ वटा मतदान केन्द्र रहेका छन् ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार