नेभिगेशन
समाचार

सुदूरपश्चिममा एमालेको छुट्टै घोषणापत्र

धनगढी–नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेश कमिटिले आफ्नो छुट्टै निर्वाचन घोषणपत्र सार्वजनिक गरेको छ । ‘सुन्दर सुदूरपश्चिम, समृद्ध सुदूरपश्चिम’ ५ वर्ष एमालेको संकल्प नाम दिएको घोषणापत्रमा हरेक घरमा ५० युनिसम्म बिजुली र हरेक घरमा १० हजार लिटर पानी निःशुल्क दिने घोषणा गरिएको छ । एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले आइतबार घोषणा पत्र सार्वजनिक गरे । २७ बुँदे घोषणापत्रमा आकर्षक नारा रहेको छ । पानी र विजुली निःशुल्क मात्रै होइन, अस्पताल, सरकारी कार्यालय, वित्तिय संस्था, सपिङ कम्पलेक्स, पर्यटकीय स्थल र सार्वजनिक सेवा प्रदायक निकायमा निःशुल्क इन्टरनेट सुविधा दिने पनि घोषणापत्रमा उल्लेख छ । दैनिक ५ सय ज्याला पाइरहेका मजदुरको तलब २५ हजार बनाउने पनि घोषणापत्रमा उल्लेख छ । विद्युतको पहुँच नभएक सबै स्थानमा २ वर्षभित्र विद्युत पुगाएर शतप्रतिशत नागरिकलाई उज्यालो दिने पनि घोषणापत्रमा उल्लेख छ । प्रदेशमा एमालेको सरकार बने हरेक स्थानीय तहमा आधुनिक प्रयोगशाला सहितको १ अस्पताल निर्माण गर्ने प्रतिवद्धता एमाले सुदूरपश्चिमले व्यक्त गरेको छ । कृषिको आधुनीकिकरण गरी उत्पादन बढाउने, तरकारी फलफूल र फूलको आयात प्रतिस्थापनका लागि त्यस व्यवसायमा लागेकाहरूलाई विषेश अनुदान दिने, प्रदेशमा कृषि अनुसन्धान केन्द्रको स्थापना गरी बालीको अनुसन्धान, बिऊ उत्पादन र कृषि क्षेत्रको विविधिकरण गर्ने विषय पनि घोषणापत्रमा समेटिएको छ । स्थानीय सरकारहरूको सहकार्यमा आगामी ३ वर्षभित्र प्रदेशलाई पूर्ण साक्षर बनाउने, आधारभूत शिक्षा निःशुल्क गर्ने माध्यमिक शिक्षा तथा उच्च शिक्षालाई सर्वसुलभ बनाइने घोषणापत्रमा उल्लेख छ । ‘प्रदेशको सुशासनको आधार, नीतिगत संररचनागत सुधार’ नारा सहित भागबण्डाको आधारमा नभएर प्राथमिकताका आधारमा योजना बनाउने नीति लिने पनि एमालेले जनाएको छ । उसले प्रदेशमा आगामी ५ वर्षमा ५० हजार जनालाई रोजगारी दिने घोषणा गरेको छ ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार