नेभिगेशन
समाचार

अमेरिकाको सिनेटमा डेमोक्र्याटको फेरि पकड

एजेन्सी । अमेरिकाको मध्यकालीन निर्वाचनबाट सिनेटमा डेमोक्र्याटले आफ्नो पकड पक्का गरेको सिएनएनले जनाएको छ । नेभडा राज्यमा जित हासिल गरेसँगै सिनेट डेमोक्र्याटकै पकडमा रहेको सिएनएनले उल्लेख गरेको छ ।

डेमोक्र्याटले पेन्सिलभेनिया राज्यबाट रिपब्लिकनको सिट समेत खोसेको छ । सार्वजनिक परिणाम अनुसार डेमोक्रयाटले ५० र रिपब्लिकनले ४९ सिटमा जित निकालेका छन्।

जर्जिया राज्यमा डेमोक्र्याट र रिपब्लिकन दुबैका उम्मेदवारले ५० प्रतिशत थ्रेसहोल्ड मत नकटाएपछि त्यहाँ फेरि निर्वाचन हुने भएको छ। उक्त राज्यमा डिसेम्बर ६ मा निर्वाचन हुनेछ।

अमेरिकाको माथिल्लो सदन सिनेटमा सय सिटका लागि प्रतिस्पर्धा हुने गर्छ। सन् २०२० को मध्यकालीन निर्वाचनमा सिनेटमा रिपब्लिकन र डेमोक्र्याटको हाराहारी मत आएको थियो। निर्णायक चरणमा उपरराष्ट्रपतिले मत जाहेर गर्दा डेमोक्र्याटको पक्षमा बहुमत पुग्थ्यो।

रिपब्लिकनले जर्जिया राज्यमा जित निकालेमा सिनेटमा बराबरी सिट पुग्नेछ। यस्तो अवस्थामा निर्णायक चरणमा उपराष्ट्रपतिले मतदान गर्नसक्ने प्रावधान भएकाले डेमोक्र्याटले सिनेटमा बहुमत पुर्‍याउने छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार