नेभिगेशन
समाचार

स्वतन्त्र भन्नेहरु कसैले पनि जित्दैन : केपी ओली

काठमाडौँ । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली मंसिर ४ हुने निर्वाचनमा स्वतन्त्र पार्टी र व्यक्तिले एक सिट पनि नजित्ने दाबी गरेका छन् । उनले एक टेलिभिजन अन्तर्वार्तामा यस्तो दाबी गरेका हुन् ।

ओलीले मानिसलाई रहर लागेर वा सिक्न जान्नको लागि चुनावमा उम्मेदवार बन्नु लोकतन्त्रको व्यवस्था भएको भन्दै उनीहरुले सिक्नका लागि उम्मेदवारी दिएको तर त्यो उम्मेदवारी जित्नको लागि नभएको टिप्पणी गरे । अहिले स्वतन्त्र भनाउँदाहरुले केही जनतालाई भूल्याएर केही भोट प्राप्त गर्ने बताए ।

ओलीले अहिले आफूहरुलाई बुढो नेताको संज्ञा दिएको प्रति भने, ‘१२ कक्षामा पढ्ने विद्यार्थीलाई रहर लागेर प्रोफेरलाई तिमी बुढो भयौ म पढाउँछु छोड भनेर पढाउन सक्छ । त्यस्तै हो अहिले यी स्वतन्त्रहरु ।’

उनले राजनीतिमा दलको विकल्प दल नै भएको भन्दै कुनै एउटा व्यक्तिले चाहाँदै केही नहुने उनले बताए । उनले अब आउने निर्वाचन पछि देशमा ५ वटा राष्ट्रिय पार्टी बन्ने अरु सबै सानो–सानो रुपमा खुम्चिएर रहने पनि बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार