नेभिगेशन
समाचार

६१ मतदान केन्द्रको नेतृत्व महिलालाई

दाङ–दाङमा ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ । जिल्लाका ३ निर्वाचन क्षेत्रका ४६५ मतदान केन्द्र रहेका छन् । क्षेत्र–१ मा २४, क्षेत्र–२ मा १७ र क्षेत्र–३ मा २० मतदान केन्द्रमा महिलालाई जिम्मेवारी दिइएको हो । क्षेत्र–१ मा १५२, क्षेत्र–२ मा १४६ र क्षेत्र–३मा १६७ मतदान केन्द्र रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै जिल्लामा १५३ मतदान स्थल छन् । जिल्लाका ३ निर्वाचन क्षेत्रमा ३ हजार ८०० बढी कर्मचारी खटिएका छन् भने ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन सामग्रीसमेत जिल्लामा आइसकेको छ ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार