नेभिगेशन
समाचार

दाङका ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई

दाङ - दाङमा ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ। जिल्लाका ३ निर्वाचन क्षेत्रका चार सय ६५ मतदान केन्द्र रहेका छन्। क्षेत्र नं.१ मा २४, क्षेत्र नं.२ मा १७ र क्षेत्र नं.३ मा २० मतदान केन्द्रमा महिलालाई जिम्मेवारी प्रदान गरिएको हो।

क्षेत्र नं.१ मा एक सय ५२, क्षेत्र नं.२ मा एक सय ४६ र क्षेत्र नं.३ मा एक सय ६७ मतदान केन्द्र रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी नारायण भण्डारीले बताए। त्यस्तै जिल्लामा एक सय ५३ मतदान स्थल छन्।

जिल्लाका ३ निर्वाचन क्षेत्रमा मात्रै ३ हजार ८ सय बढी कर्मचारी खटिएका छन् भने ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। मङ्सिर ४ गते हुने निर्वाचनका लागि जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। निर्वाचन सामग्रीसमेत जिल्लामा आइसकेको निर्वाचन अधिकारी भण्डारीले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार