नेभिगेशन
समाचार

विगतको भन्दा यसपालीको चुनावमा ठूलो मतान्तरले विजयी हुन्छुः विष्णु पौडेल

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विगतको चुनावमा भन्दा यसपालीको आसन्न निर्वाचनमा आफू ठूलो मतान्तरले विजयी बन्ने दाबी गरेका छन् । शनिबार रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी घरदैलो कार्यक्रममा सहभागी बन्दै उनले यस्तो दाबी गरेका हुन् । उपाध्यक्ष पौडेलले आफूलाई यस वर्ष मतदाताहरूबाट विगतको भन्दा असाधारण साथ सहयोग रहेको उल्लेख गरे । उनले भने– ‘हामीले जनताको अपार समर्थन प्राप्त भइरहेको देखिरहेका छौँ । यो समर्थन, सद्भावकाप्रति नतमस्तक भएर मतदाता महानुभावहरूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छौं । विगतका कुनै पनि मतान्तर भन्दा फराकिलो मतान्तरमा यसपटक प्रतिनिधिसभा र प्रदेश सभामा शानदार ढंगले हामी जित दर्ता गर्नेछौँ ।’ उनले यस किसिमको समर्थन र सहयोग विगतका निर्वाचनमा बिरलै पाउने गरेको पनि बताए । उपाध्यक्ष पौडेलले आसन्न निर्वाचन जितेर रुपन्देही जिल्लालाई भौतिक र मानसिक विकासका दृष्टिकोणले देशकै नमुना बनाउने उद्‍घोष पनि गरे । उनले जिल्लालाई विकासको नमुना र आर्थिक केन्द्र बनाउने प्रतिवद्धता जनाए । पौडेलले नेकपा एमालेले यसपटक प्रतिनिधिसभा र प्रदेशसभामा ठूलो जित दर्ता गर्ने बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार