नेभिगेशन
समाचार

बीपीको बाटोमा राप्रपा छ, भोट दिएर जिताउनुस्– मनिषा कोइराला

काठमाडौँ– बलिउड अभिनेत्री मनिषा कोइरालाले बीपीको बाटोमा राप्रपा रहेकाले आउँदो मंसिर ४ मा मत दिएर जिताउन आग्रह गरेकी छन् । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक बीपी कोइरालाकी नातिनी समेत रहेकी कोइरालाले बीपी कोइरालाको मेलमिलापको नीति र शुसासनको नीति राप्रपाले लिएको भन्दै भोट दिन अपिल गरिन् । शुक्रबार काठमाडौँंको बसन्तपुरमा आयोजित राप्रपाको जनसभालाई सम्बोधन गर्दै मनिषाले तत्कालीन राजा महेन्द्र र बीपी कोइरालाबीच अत्यन्त राम्रो सम्बन्ध हुँदाहुँदै पनि मुलुकले ठूलो अवसर गुमाएकाले बीपीलाई सम्झेर राप्रपालाई भोट दिन आग्रह गरिन् । मनिषाले भनिन्, ‘कांग्रेसले सबैले बीपीलाई बिर्सेलान् तर उहाँ राजेन्द्र लिङ्देनले बिर्सनुभएको छैन । राजसंस्था र बहुदलीय व्यवस्थाले मुलुकलाई सुदृढ गर्छ भनेर बीपी बाले देखाएको राष्ट्रिय मेलमिलापको बाटो नै उहाँले अहिले उठाउनुभएको छ । त्यसकारण म उहाँसँग उभिएकी छु । उहाँका सबै कुरा मन परेको छ । भ्रष्टाचार गरेमा आमाको रगत खाए सरह हो भन्ने कुरा र नेताहरु चोर भन्ने कुरा मन परेको छ ।’ मुम्बइमा फिल्म सुटिङ स्थगित गरेर नेपाल आएकी मनिषाले विपी र महेन्द्रले पूरा गर्न नसकेको सहकार्य राप्रपाको नेतृत्वमा राजसंस्था र हिन्दूराज्य फर्काएर पूरा गर्ने समय आएको दाबीसमेत गरिन् । उनले राप्रपालाई जिताउँन र मौकालाई व्यर्थ खेर जान नदिन आह्वानसमेत गरेकी छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार